काठमाडौँ, २४ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवासका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री गुरुङले भने, ‘कसले गर्छ, गर्दैन भनेर छुट्याउने भन्दा पनि हामी सबै एकै ठाउँमा उभिएका छौँ । सँगै बसेर अघि बढ्न चाहन्छौँ । आफ्नो राज्यभित्र रहेका आदिवासी जनजातिहरुका लागि राज्यले आफ्नो सम्पूर्ण भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट पन्छिन कहिले पनि मिल्दैन । अहिलेको सरकार त्यो ठाउँबाट पन्छिदैन ।’




