उच्चस्तरीय छानबिन समिति गठनमा किन्तु परन्तु गर्ने कुरा छैन : सूर्य थापा

`

     २०८० श्रावण २२ गते १०:३७

काठमाडौं, २२ साउन । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आज संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुने बताएका छन् ।

‘हाम्रो बटमलाइन स्पष्ट छ । सरकारले उच्चस्तरीय छानबिन समिति गठनको घोषणा गरे निर्धारित समयमै संसद्को बैठक बस्छ । प्रतिपक्षको मागलाई अनादर गर्यो भने किन्तु परन्तु गर्ने कुरै छैन । आज दिउँसो १ बजे संसद् खुल्ने वा नखुल्ने सत्तापक्षको व्यवहारमा निर्भर हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?