माओवादीमा पदाधिकारीको जिम्मेवारी हेरफेर

`

     २०८० श्रावण २१ गते २:०८

काठमाडौं,२१ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पदाधिकारीको जिम्मेवारी परिवर्तन गरेको हो ।

नयाँ जिम्मेवारी अनुसार बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनादर्न शर्मा तोकिएका छन् भने अर्का उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् ।

यस्तै सचिव देवेन्द्र पौडेल मधेश प्रदेशका इन्चार्ज भएका छन्। भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

यसअघि कोशी प्रदेशमा राम कार्की, मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालिबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्ट इन्चार्ज थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?