पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई राखियो अटोक जेलमा

`

     २०८० श्रावण २१ गते १२:२९

एजेन्सि, साउन २१ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पन्जाबको अटोक जेलमा राखिएको छ।

इस्लामावाद ट्रायल कोर्टले शनिबार तीन वर्ष जेल सजाय सुनाएपछि खानलाई लाहोरस्थित जमान पार्कबाट पक्राउ गरेको थियो।

पक्राउ गरी उनलाई जिल्ला कारागार अटोकमा लगिएको थियो। उनलाई अदालतले तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना गरेको छ।

नविरूद्ध मे १०मा उजुरी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?