काठमाडौं,१९ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ ।केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको हो ।
उमा कपाली, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उर्मिला विक, गंगा खड्का, गिाता शाही, गिताकुमारी कँडेल चौलागाई, दिलमाया बुढामगर, छमकुमारी खनाल, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, शरु चौधरी थपिएका केन्द्रीय सदस्य हुन्।




