काठमाडौं, साउन १९ । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।




