काठमाडौँ, १८ साउन । आज नेप्से ३ अंकले बढेर बन्द भएको छ ।
०.१४ अंकको वृद्धिसँगै नेप्से परिसूचक २०८९ अंकमा पुगेको छ । यसक्रममा आज १ अर्ब ७८ करोड १९ लाख रुपैयाँ बराबरको ५१ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १२ कम्पनीको सेयर भने स्थिर कायम छ ।
आज कारोबार भएका १३ समूहमध्ये ५ समूहको सूचक भने घटेको छ । विकास बैंक, वित्त, होटल र टुरिजम, जलविद्युत र निर्जीवन बीमा समूहको सूचक घटेका छन् । आज जीवन बीमा समूहको सूचक ६३ अंकले बढेको छ भने व्यापार समूह ५१ अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक १६ अंकले बढेको छ ।




