एमाले सांसदहरुद्वारा आज पनि राष्ट्रिय सभा अवरुद्ध

`

     २०८० श्रावण १८ गते १:२९

काठमाडौं, १८ साउन । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै नेकपा ९एमाले० का सांसदहरुले राष्ट्रिय सभा अवरुद्ध गरेको छ । एमालेका सांसदहरुले सभा अवरुद्ध गरेसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाई राख्न समय दिएका थिए ।

श्रेष्ठले सरकारले सत्यतथ्य छानविनका लागि उच्च स्तरीय समिति बनाएर संसद् राम्रोसँग चल्ने वातावरण बनाउन पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?