ललिता निवास प्रकरण र सुन काण्ड साम्सुम हुने शेखर कोइराला दाबी

`

     २०८० श्रावण १८ गते १२:३२

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् ।

‘ललिता निवासपछि सुन काण्ड आयो । यो सबै गजजाहेर छ । यो पनि सामसुम हुन्छ । किनकी माथिल्लो कोही न कोही ईन्भल्व छ,’– उनले भने ।

ललिता निवास प्रकरणमा निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउन टिप्पणी लेख्ने तत्कालीन शाखा अधिकृतलाई पक्राउ गरेर मूल निर्णय कर्तालाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।

‘ललिता निवास जग्गा प्रकणका अगाडि बढ्दै गयो बीचमै रोकियो । किन रोकिन्छ भने माथि कोही न कोही मान्छे परिराखेको छ । शाखा अधिकृतले टिप्पणी उठाएको हुन्छ, मन्त्रिपरिषद्मा लग्नुपर्यो भनेर । त्यो शाखा अधिकृत चाहिँ जेल गएको हुन्छ, अहिले भर्खर रिहा हुनु भएको छ । जसले निर्णय गर्छ तिनीहरुलाई छुँदैन,’– उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?