काठमाडौं,१८ साउन । सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक काठमाडौंको बुद्धनगरस्थित एक पाटी प्यालेसमा बस्नेछ ।
यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने बताइएको छ । मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए ।
मिसन ८४ सफल बनाउनका लागि नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई सङ्गठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ ।




