काठमाडौँ, १६ साउन । सन् २०२३ को जुलाईमा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । योसँगै यो वर्षको ७ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ५ लाख ३४ हजार २०७ पुगेको छ ।
अघिल्लो महिना जुनसम्ममा ४ लाख ७६ हजार ४८१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको मात्र तथ्याङ्क हो । यसबाहेक बाई बस ९स्थलमार्ग० हुँदै आउने पर्यटकको संख्या यसको दोब्बर हुनसक्ने अनुमान अध्यागमन विभागको छ ।




