कोशीमा गठबन्धनबाट सरकार निर्माणको दाबि पेश

`

     २०८० श्रावण १६ गते ५:१८

काठमाडौँ, श्रावण १६ । कोशी प्रदेशमा गठबन्धनले काँग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन दावी पेश गरेको छ ।

सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज ५ बजेसम्म दिएको समय भित्र सरकार गठनको दाबि पेश भएको हो ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको राजीनामा गराएर सरकार गठनको दाबि पेश गरेको छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुखले राजीनामा दिएपछि बहुमतको लागि आवश्यक ४७ सांसद पुर्याएको छ । सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?