कोशीमा सरकार गठनको दाबी गर्दै गठबन्धन

`

     २०८० श्रावण १६ गते १२:०२

काठमाडौँ, श्रावण १६ । कोशी प्रदेशमा गठबन्धनले काँग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकारको दावी पेश गर्ने सहमति भएको छ ।

सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज समय सीमा सकिदैँछ ।

प्रदेश प्रमुख परशुराम खापुङका अनुसार संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समय आज अपराह्न ५ बजे सकिने लागेको हो ।

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको राजीनामा गराएर सरकार गठनको दाबि पेश गर्ने तयारी गरको छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुख बाहेक ४६ सांसद छन् भने सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् । सरकार बनाउन ४७ मत आवाश्यक पर्ने भए पछि कोशी सरकार गठनमा समस्या देखा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?