शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्ने उपेन्द्र यादवको दाबी

`

     २०८० श्रावण १४ गते ३:३४

काठमाडौँ, १४ साउन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सबैभन्दा बढी ध्वस्त शिक्षा क्षेत्र भएकाले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

उनले शिक्षा क्षेत्र विकासको प्रमुख आधार हुने भएपनि त्यो क्षेत्र नै ध्वस्त भएपछि मुलुकको हालत कस्तो होला भनेर अनुमान गर्न सकिने बताए ।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले ललितपुरमा आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष यादवले त्रिभुवन युनिभर्सिटीदेखि सरकारले चलाएका क्याम्पस र विद्यालय हालत हेरे नै सबै कुरा प्रस्ट हुने बताए । साथै उनले शिक्षामा आमूल परिवर्तन र सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?