कांग्रेस अझ बलियो भएको छ : नेता महर

`

     २०८० श्रावण १४ गते १२:४६

भरतपुर, १४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् ।

आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताए ।

उनले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताए । “गठबन्धनको सबैभन्दा ठूलो दलले आफ्ना नेता भ्रष्टाचारमा मुछिँदा सरकारबाट बाहिरिन पनि सक्थ्यो तर हामीले हरेक भ्रष्टाचारका मुद्दामा छानबिनका लागि सहयोग गर्ने उद्देश्यले त्यसो गरेनौँ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?