शीर्ष नेताहरूबिच तीन एजेन्डामा जुट्यो समझदारी

`

     २०८० श्रावण १४ गते १२:०२

काठमाडौं, १४ साउन । प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न ओली देउवा आज (आईतबार) विहानै बालुवाटार पुगेका हुन् । तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउनेबारे सहमति जुटेको छ ।

संवैधानिक परिषद्को बैठक बोलाएर रिक्त हुने प्रधानन्यायाधीश र न्यायाधीशहरुको पदपूर्तिका लागि सिफारिस गर्नेबारे तीन दलका नेताहरुबीच सहमति जुटेको हो । त्यसैगरी सदन सुचारु गर्ने र विभिन्न विधेयकहरुलाई अगाडि बढाउन पनि दलका शीर्ष नेताहरु सहमत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?