ट्रेड युनियनद्वारा श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न ध्यानाकर्षण

`

     २०८० श्रावण १२ गते १०:२५

काठमाडौँ, १२ साउन । नेपाली ट्रेड युनियन कांग्रेसले श्रमिकको न्युनतम पारिश्रमिक तोक्न सरकारको ध्यानाकर्षण गराएको छ । ट्रेड युनियन कांग्रेसका महासचिव अजय राईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै साउनको दोस्रो हप्तासम्म सरकारबाट श्रमिकको न्युनतम पारिश्रमिक निर्धारण गर्न गम्भीरता नदेखाएको बताए ।

यसअघि न्युनतम पारिश्रमिक निर्धारणका लागि पटक–पटक छलफल हुँदा पनि सहमती हुन नसकेपछि ट्रेड युनियन कांग्रेसले तत्काल श्रमिकको न्युनतम पारिश्रमिक मासिक २५ हजार तोक्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?