बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी

`

     २०८० श्रावण ११ गते ६:२१

काठमाडौँ, ११ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन गालेको ‘प्रत्यक्ष प्रसारण’ गर्ने तयारी गरिएको छ ।

राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ मा साँझ त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट करिब १ सय किलो सुन बरामद गरेको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्र बैङ्कको टक्सार महाशाखामा पठाएको छ । राष्ट्र बैङ्कका अधिकारीहरूका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।

राजस्व अनुसन्धान विभागले प्रत्यक्ष प्रसारण (लाइभ) गरेर सुन गाल्ने र तौलिने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?