काँग्रेसले नीति अधिवेशनको सट्टा महासमिति बैठक गर्ने

`

     २०८० श्रावण १० गते ६:४८

काठमाडौँ, श्रावण १० । नेपाली कांग्रेसले महासमिति बैठकको मिति तोकेको छ ।

बुधबार केन्द्रीय समिती बैठकका निर्णय सार्बजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौँमा महासमिति बैठक बोलाउने निर्णय गरेको जानकारी दिएका हुन् ।

साउन २ गतेदेखि १० गतेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा सम्पन्न भएको केन्द्रीय समितिको बैठकले नीति अधिवेशनको सट्टा महासमिति बैठक बोलाउने निष्कर्षमा केन्द्रीय समिति बैठक पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?