भ्रष्टाचार काण्डको फाइल नखोले सरकारको दिन गन्ती सुरु हुने रवि लामिछानेको दाबी

`

     २०८० श्रावण १० गते ४:१४

काठमाडौं, साउन १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सरकारले भ्रष्टाचार काण्डको जरोमा पुग्ने गरी छानबिन नगरेको बताएका छन्।

नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उनले बताए।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘हरेक विषय सरकारले सुरू गर्छ, अलि जरोसम्म पुग्छ कि भन्यो अड्किन्छ, गिजोलिन्छ। भुटानी शरणार्थी प्रकरणमा जरो कहाँ सारा जनतालाई थाहा छ, सुरूवात गर्‍यो सरकार अड्कियो।’

उनले ललिता निवास काण्डको जरो कहाँ छ खोज्न पनि आग्रह गरेका छन्। यो प्रकरणमा पनि सरकार जरोसम्म नपुगेको उनले बताए।

‘कुनै विषय गिजोल्ने मात्र होइन जरोमा पुर्‍याउने सहास लिएको हो भने ठिक छ,’ उनले भने, ‘केही कर्मचारी थुनेर, सरूवा गरेर फाइल खोलेझैं गर्ने हो भने सरकारको दिन गन्न सुरू भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?