इक्वेडरमा गोली हानी मेयरको हत्या

`

     २०८० श्रावण ०८ गते २:०२

एजेन्सि, साउन ८ । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा एक जना मेयरको गोली हानी हत्या गरिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको छेउमा रहेको मान्टा सहरका मेयर अगस्टिन इन्ट्रिआगोको आइतबार गोली हानी हत्या गरिएको हो।

३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए।

आइतबार आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए।

एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?