काठमाडौँ, ७ साउन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आइतबार सार्वजनिक गर्दैछ । सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै मौद्रिक नीतिमा केन्द्रित भएको राष्ट्र बैंकले आइतबार बोर्डको बैठक राखेर मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
आइतबार बिहान ८ बजेदेखि बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक जारी रहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिए । ‘बिहानैदेखि जारी बोर्डको बैठक टुंगिएको छैन । बोर्डले पास गर्ने वित्तिकै चालु आर्थिक वर्षको मौद्रिक नीति वेबसाइटमार्फत सार्वजनिक गर्छौ’ पोखरेलले भने ।




