सय किलो सुन तस्करी गर्ने मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटन मन्त्री

`

     २०८० श्रावण ०५ गते ५:५२

काठमाडौँ, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए । सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए । उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताए ।

उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?