माटाका भाँडा सुकाउन नपाएर कुमाले समुदाय चिन्तित

`

     २०८० श्रावण ०४ गते १:१६

भादगाउँ, ४ साउन । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् ।

भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले समुदायले व्यावसायिक रुपमा माटाका भाँडा बनाउने गर्दछन् । लगतार झरीले अहिले कुमाले समुदायले नजिकिँदै गरेको श्रावणी मेलाका लागि पाला, धुपौरोलगायत वर्षदिनमा मनाइने विभिन्न चाडपर्वलाई लक्षित गरी निर्माण गरेका सामग्री तथा खुत्रुके, गमला, करुवा, मट्का, भ्योग, पर्यटकिय सामग्री, सुकाउन पाएका छैनन् । उनीहरु लगातार झरी पर्दा बाहिर काम गर्न र सुकाउन नमिलेपछि भित्रै काम गरी सुकाउन बाध्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?