त्रिभुवन विमानस्थलको भन्सार जाँचपासका कर्मचारीलाई निलम्बन गर्ने तयारी

`

     २०८० श्रावण ०४ गते १०:५३

काठमाडौं, साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ।

विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

छानबिन गर्न विभागले समिति बनाउने तयारी गरिरहेको उनले बताए।

‘अहिले हामी छलफलमा छौं। क-कसलाई निलम्बन गर्ने भनेर हेर्दैछौं,’ उनले भने, ‘छानबिनका लागि जाँचपासमा संलग्नलाई निलम्बन गर्ने र अरू थप व्यक्तिहरू खुले उनीहरूलाई पनि गर्ने हो।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?