काठमाडौँ, श्रावण ३ । बुधबार सेयर बजारको परिसूचक नेप्से ११.१७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१६५ अंकमा कायम भएको छ । कारोबार भइहरहँदा नेप्से ११ : २१ बजे न्यूनतम २१४२ अंकसम्म घट्यो भने १ : ०१ बजे उच्चतम २१७४ अंकसम्म पुगेको थियो ।
परिसूचक बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा करिब २० करोड घटेको छ । दिनभर कुल ३ अर्ब ३४ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । कुल ७३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने १३ को स्थिर रहृयो ।



