काठमाडौं, साउन ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन इटाली जाने भएका छन्।
कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी साउन ७ इटाली जान लागेका हुन् । सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको छ। उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ छ।




