निगमले एलपी ग्यासमा नाफा नखाने

`

     २०८० आषाढ ३१ गते ६:२४

काठमाडौँ, ३१ असार । नेपाल आयल निगमले आगामी दिनमा खाना पकाउने एलपी ग्यासमा नाफा नलिने निर्णय गरेको छ । आज बसेको निगमको सञ्चालक समितिको बैठकले भोलिदेखि एलपीजीमा नाफा नलिने निर्णय गरेको हो ।

यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर एलपीजीको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँले घटेको छ । यसअघि, निगमलाई एलपीजीमा १० रुपैयाँ नै नाफा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?