काठमाडौं, असार ३१ । आइतबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्न माग गरेका छन्।
उनले मन्त्रालयबाट जाने बजेट कार्यकर्ताहरूले पाएर दुरूपयोग गरिरहेको दाबी गरेका छन्।
‘कृषि मन्त्रालय छ, कृषि मन्त्री हुनुहुन्छ। अब म उहाँको कृषि मन्त्री र मन्त्रालयको नाम परिवर्तन गरौं भन्छु म,’ उनले भने, ‘यो कार्यकर्ता मन्त्रालय, कार्यकर्ता मन्त्री बनाऔं। किनभने अब अर्बौं रुपैयाँ कृषि मन्त्रालयमा गएको छ तर वास्तविक किसानले होइन कि पार्टीका लोकल कार्यकर्ताहरूले बजेट पाएर राज्यको चरम दुरूपयोग गरिरहेका छन्।’




