राष्ट्र बैंकले १७ अर्ब १७ करोडको ट्रेजरी बोलकबोल गर्ने

`

     २०८० आषाढ ३१ गते २:२७

काठमाडौँ, ३१ असार । आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन नेपाल राष्ट्र बैंकले १७ अर्ब १७ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले नयाँ आर्थिक वर्षका लागि आन्तरिक ऋण व्यवस्थापनका लागि पुरानो ट्रेजरी नवीकरण गर्ने भएको हो ।

सूचना अनुसार २८ दिने र ९१ दिने गरी कूल १७ अर्ब १७ करोड रुपैयाँ पुरानो ट्रेजरी बिलको मंगलबार अर्थात् २०८० साउन २ गते नवीकरण हुनेछ । उक्त ट्रेजरीको बोलकबोल भने सोमबार अर्थात् नयाँ आर्थिक वर्षको पहिलो दिन साउन १ गते हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?