बालुवाटार जग्गा प्रकरणमा ठुला माछालाई कारबाही गर्न सांसद खतिवडाको माग

`

     २०८० आषाढ २९ गते ३:०४

काठमाडौं, २९ असार । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटारको जग्गा प्रकरणमा ठूला माछाहरूलाई कारवाही नभएको आरोप लगाएका छन्।

उनले भने, ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस्। व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन। सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरू को हुन्रु तिनीहरूलाई कारबाही व्यवस्था गरोस्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?