समाजवादी मोर्चाको बैठक पनि स्थगित

`

     २०८० आषाढ २७ गते १:४५

काठमाडौँ, असार २७ । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने गरी बोलाइएको थियो ।

आजको बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, जसपाका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका नेता खड्कबहादुर विश्वकर्मा सहितको कार्यदलले तयार पारेको प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने कार्ययोजना रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?