घुस लिने क्रममा २ जना पक्राउ

`

     २०८० आषाढ २६ गते ३:२९

काठमाडौं, असार २६ । काठमाडौंको श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्‍थापन समितिका अध्यक्ष र प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।

मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित श्री सिद्धिगणेश माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित पक्राउ गरेको हो।

अध्यक्ष राजकुमार थापा र प्रधानध्यापक बुद्धिविलास धिताल पक्राउ परेका छन्।

उनीहरूबाट १६ हजार घुस बरामद गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?