काठमाडौँ, असार २६ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका दुई पूर्वकर्मचारीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।
मालपोत कार्यालयका नायवसुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई मन्त्रिपरिषद्बाट भएका निर्णयको अपव्याख्या गरी सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरेको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।




