मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त

`

     २०८० आषाढ २६ गते १२:१०

काठमाडौँ, असार २६ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

बिहान १० बजेर ५ मिनेट सुर्केबाट उडेको मनाङ एयरको नाइन एन – एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतका अनुसार च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?