काठमाडौँ, असार २५ । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट आज पनि सुनुवाइ हुन सकेन ।
तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि गत शुक्रबार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका थिए ।
तर उक्त रिटमाथि आइतबार र सोमबार दुबै दिन सुनुवाइ हुन सकेन । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर सोमबार पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मै परेर सुनुवाइ नभएको हो ।




