तेस्रो पटक प्रधानमन्त्री हुनुपर्ने अवस्था आइलाग्यो : प्रधानमन्त्री प्रचण्ड

`

     २०८० आषाढ २५ गते ५:४६

काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले आफूलाई तेस्रोपटक प्रधानमन्त्री हुनुपर्ने अवस्था आईलागेको बताएको छ ।

असार १८ गतेको अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिँदै उनले लामो समय प्रधानमन्त्री हुने अभिलाषा नरहेको र जतिञ्जेल भए पनि देश र जनताको पक्षमा काम गर्ने ध्येय रहेको दोहोर्‍याए।

‘प्रधानमन्त्री म दुईपटक भइसकेकै हो। तेस्रोपटक हुनुपर्ने अवस्था आइलाग्यो। प्रमुख प्रतिपक्षी र अरू प्रतिपक्षी अहिले भएका नेताहरू र अरू माननीयलाई थाहा छ म केही दिनको लागि मात्रै भए पनि ठीकै छ भन्ने तहमा थिए,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?