गण्डकी प्रदेशको बजेट बहुमतले पारित

`

     २०८० आषाढ २२ गते ५:०८

काठमाडौँ, असार २२ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकले बजेट पारित गरेको हो । चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले घटाउँदै सरकारले असार १ गते ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

कुल बजेटमध्ये चालुगततर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् ३८.१ प्रतिशत र पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् ६०.४ प्रतिशत ल्याइएको थियो ।

बैठकमा सांसदले बजेटमाथि छलफलमा भाग लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?