सुनको भाउ सामान्य घट्यो

`

     २०८० आषाढ २२ गते ११:४१

काठमाडौं, असार २२ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?