स्थानीय तहका जनप्रतिनिधि भोली सिंहदरबार घेर्ने तयारीमा

`

     २०८० आषाढ २१ गते ७:२०

काठमाडौँ । देशैभरका स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् ।

सरकारले स्थानीय तहलाई ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?