काठमाडौँ, २१ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन अन्तिममा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेड वृद्धि परीक्षामा साउनको अन्तिममा गर्ने भएको हो । बोर्डले आज एसईईको नतिजा सार्वजनिक गरेको छ । उक्त परीक्षामा ग्रेड ‘सी’ देखि ‘इ’ ग्रेडसम्म नतिजा ल्याउने विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।
त्यसका लागि अहिले नै निर्णय नभइसकेको र केही दिनमा सूचना जारी गरिने बताए ।




