काठमाडौं, असार २१ । सत्ता साझेदार ७ दलको बैठक बालुवाटारमा जारी छ। केही बेरअघि सुरू भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दियो।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन्।
त्यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी पनि बैठकमा सहभागी छन्।




