काठमाडौँ, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विवादस्पद अभिव्यक्तिको बचाउ गरेका छन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरमा क्रान्तिकारी विद्यार्थीहरुको कार्यक्रममा सम्बोधन गर्दै भने ‘यो यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानु पनि भयो । काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ ।’
उनले भने-‘ आज म सुन्दैछु, एउटा शिखको किताब विमोचन गर्दै गर्दा कहिले दिल्ली पुग्नुहुन्थ्यो, कहिले नेपालका पार्टीसँग लाग्नुहुन्थ्यो उहाँ भनेर उहाँका बारेमा भनेको कुरा अब त्यसलाई उचालेर फेरि एकचोटि बबण्डर गर्न खोजिएको छ, मलाई लाग्छ त्यो बेलुन पनि छिटै फुट्वाला छ । त्यसले केही दिनेवाला छैन । यसबाट के देखिन्छ भने हाम्रा विपक्षीहरुमा कति धेरै विक्षिप्तता छ, कति धेरै पूर्वाग्रह छ ।’




