काठमाडौं,२० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै बाढी पहिरो र डुबान पीडितको उद्धारमा खटिन तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आज सामाजिक सञ्जालमार्फत उक्त निर्देशन दिएका हुन् । उनले वर्षायाममा आउने बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपप्रति उच्च सतर्कता अपनाउन, र राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न समेत सबैमा अनुरोध गरेका छन् ।




