चालु आर्थिक वर्षको १० महिनामा साढे ३५ हजार घटे करदाता

`

     २०८० आषाढ १९ गते ६:०३

काठमाडौँ, असार १९ । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा साढे ३५ हजार करदाता घटेका छन् । अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म ३५ हजार ३ सय ८९ जना करदाताको दर्ता खारेज भएको हो ।

व्यवसाय दर्ता खारेजी भएको अवस्था वा व्यक्तिको मृत्यु भएको अवस्थामा करदाताको दर्ता खारेजी हुने गरेको छ । व्यवसाय बन्द, बिक्रि वा हस्तान्तरण भई अस्तित्वमा नरहँदा उनीहरुको दर्ता खारेज हुने गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार वैशाखसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिने १५ हजार ७१६ करदाताको दर्ता खारेज भएको छ । यो अवधिमा व्यावसायिक स्थायी लेखा नम्बर थपिएको संख्या भने १ लाख २३ हजार ७६० रहेको छ । वैशाखसम्म कुल १८ लाख ७० हजार ४५७ वटा व्यवसायिक स्थायी लेखा नम्बर कायम रहेको मन्त्रालयको तथ्याङ्‍कमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?