काठमाडौं, १८ असार । कोशी प्रदेश सरकार गठनको विषयमा निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि कोशी प्रदेश सरकार गत शुक्रबार ढलेको थियो ।




