काठमाडौं, १८ असार । कानुन व्यवसायीहरुले न्यायलयको सुद्धीकरणका लागि भन्दै आज पनि आन्दोनल कायम राखेका छन् ।
ललितपुर अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तमाङ र अधिवक्ता अमीर तामाङबीचको विवादलाई लिएर कानुन व्यवसायीले आज पनि आन्दोलन कायमै राखेका हुन् । आफूसँग सम्बन्धित मुद्दाको आदेश हेर्न माग्दा नासु तामाङले खाजा खर्च भन्दै घुस मागेपछि विवाद भएको अधिवक्ता लामिछानेले बताउँदै आएका छन् । ललितपुर बारले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गरेपनि अदालत प्रशासनले सिसिटिभी फुटेज निकाल्न नमान्दा विवाद उत्कर्षमा पुगेको हो ।




