काठमाडौँ, १८ असार । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राज्य अझै पनि आजको आवश्यकतातिर नफर्किएको बताएका छन्। सोमबार वीरेन्द्रनगरका आयोजित विकास निर्माण लगायत समसामयिक विषयमा आयोजित बहस कार्यक्रममा उनले भने, ‘राज्य अझै दीर्घकालीन विकासतर्फ अग्रसर हुन सकिरहेको छैन । अझै प्रक्रियामै अल्झिरहेको छ।’
राजनीति गर्ने तरिका पछौटेपनमा आधारित रहेको भन्दै मुख्यमन्त्री शर्माले एक दलले गरेको कामको अर्को दलले अस्तित्व स्वीकार गर्न नसकेको बताए। यसले विकासलाई अझ पर धकेल्ने काम गरिरहेको उनको भनाई थियो ।




