सुनचाँदीको मूल्यमा वृद्धि

`

     २०८० आषाढ १७ गते ११:२४

काठमाडौँ, १७ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनचाँदीको मूल्य बढेको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ कायम छ ।

शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदै कारोबारमा आएको थियो । यस्तै, आज तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?