राष्ट्रियसभामा विनियोजन विधेयक प्रस्तुत

`

     २०८० आषाढ १५ गते ४:०५

काठमाडौँ, असार १५ । राष्ट्रियसभामा ‘विनियोजन विधेयक २०८०’ प्रस्तुत गरिएको छ ।

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ प्रस्तुत गरेका हुन् ।

विधेयक पेस गर्ने क्रममा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्नेसम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले विधेयक पेस गर्नुपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?